
सप्तरी – गृहमन्त्री रामबहादुर थापाले पार्टी विभाजन हुँदा आफू नेकपामै रहने बताएका छन्।मंगलबार विहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफल गरेका थापाले आफू पार्टीमै बस्ने र त्यसबारे आजै निर्णय गर्ने बताएका हुन्।‘उहाँले अब म नेकपामै रहने निर्णयमा पुगेको बताउनुभयो, आजै यसबारे निर्णय गर्ने पनि सुनाउनुभएछ,’ प्रचण्डनिकट एक नेताले नेपालखबरसँग भने, ‘आज हुने प्रचण्ड पक्षकै केन्द्रीय समितिको बैठकमा पनि उहाँ सहभागी बन्ने संभावना उच्च छ।’
गृहमन्त्री थापाले अन्तिम निर्णयका लागि आफू निकट नेताहरूसंग छलफल गर्ने भएका छन्।एक नेताका अनुसार आजको छलफलमा उनले प्रचण्डलाई ‘ग्रीन सिग्नल’ दिएका छन्।