
सप्तरी – प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ। इन्स्योरेन्सले संस्थापक समूहको प्रति शेयर १०० अंकित दरको ७ लाख ३५ हजार कित्ता शेयर लिलामी बिक्री गर्न लागेको हो।
उक्त शेयर खरिदका लागि योग्य व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन फाराम रु ५ सयमा भुक्तानी गरी मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तीसारमार्ग कमलादीम प्राप्त गर्न सकिनेछ । शेयरको न्यूनतम मूल्य ३२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरि पेश गर्नुपर्नेछ। साथै, लगानीकर्ताले न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढी शेयर खरिद गर्नका लागि १० अंकले भाग जाने अंकमा अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ।
यस अघि ९मंसिर २१ गतेदेखि २८ गतेसम्म० पनि इन्स्योरेन्सले सो शेयर प्रतिकित्ता न्यूनतम ३५० रुपैयाँमा लिलाम बढाबढ प्रक्रियाबाट बिक्री खुला गरेको थियो।