१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – रौतहटको मौलापुर नगरपालिकामा दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालय सञ्चालनमै समस्या भएपछि नगरपालिकाले आफ्नै स्रोतबाट तलबभत्ता दिने गरी विभिन्न तहका २५ शिक्षक भर्ना गरेको छ ।

केन्द्रले दरबन्दी र आवश्यकताअनुसार शिक्षक नपठाउँदा मौलापुरका अधिकांश विद्यालयमा थोरै जनशक्तिबाट पठनपाठन भइरहेको छ ।केन्द्रलाई बारम्बार अनुरोध गर्दा पनि शिक्षक नपठाएपछि नगरपालिका आफैँले खर्च बेहोर्ने गरी थप जनशक्ति व्यवस्थापन गरेको हो ।नगरपालिकाले अंग्रेजी र नेपाली दुवै माध्यमका प्राथमिक, निम्नमाध्यमिक तथा माध्यमिक तहका गरी २५ जना शिक्षक नियुक्त गरिएको जानकारी दिएको छ ।‘शिक्षक अभावकै कारण पठनपाठनमा देखिएको समस्या समाधान थप जनशक्ति व्यवस्थापन गरेका हौँ । आप्mनै स्रोत खर्चेर शिक्षक नियुक्त गरेपछि पढाइ सुचारु हुनेछ’, मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहले भनिन् ।

राष्ट्रिय साक्षरता अभियानलाई सघाउन र नगरभरिका विद्यार्थीलाई शिक्षाको सहज पहुँचमा पुर्‍याउन शिक्षक भर्ना गर्नु परेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]