२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०१, २०७८

सप्तरी – ‘बेबी डल’ फेम गायिका कनिका कपूर दोस्रो पटक लगनगाँठो बाँध्ने तयारीमा छिन् । रिपोर्टका अनुसार कनिकाले यस वर्षको मे महिनामा एक एनआरआई-व्यवसायीसँग विवाह गर्न लागेकी हुन् । तर, उनीहरूको विवाहको मिति भने अझै खुल्न सकेको छैन । कनिकाका फ्यानहरू यो खबरबाट निकै खुसी देखिन्छन् र उनलाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।

कनिकाले गौतम नाम गरेका एक व्यवसायीले विवाह गर्ने छन्। कनिका र गौतम विगत एक वर्षदेखि एकअर्कासँग डेट गर्दै आएका छन् । मिडिया रिपोर्टका अनुसार यी दुईले लण्डनमा विवाह गर्नेछन्। साथै, कनिकाले यस विषयमा कुरा गर्दा उनले यस विषयमा केही पनि भनिनन् न त अस्वीकार नै गरिन्। कनिकाले भनिन्, “माफ गर्नुहोस् नो कमेन्ट । ”

कनिकाले १८ वर्षको उमेरमा एनआरआई व्यवसायी राज चन्डोकसँग विवाह गरेकी थिइन् । कनिका र राजका तीन सन्तान अयाना, समारा र युवराज छन् । कनिका लखनउमा हुर्केकी थिइन् । सन् १९९७ मा विवाह पछि उनी लन्डन सरिन् । विवाहको १२ वर्षपछि आफ्नो पतिसित झगडा भयो । सन् २०१० मा कनिकाले श्रीमानको घर छाडेर लखनउ फर्किइन् । त्यसपछि सन् २०१२ मा उनले राजसँग डिभोर्स गरिन् ।
डिभोर्स गरेपछि कनिका आफ्नो म्युजिक करिअरलाई अघि बढाउन मुम्बई गइन्। त्यहाँ उनले पहिलो पटक ‘जुग्नी जी’ गीतमा स्वर दिने मौका पाए । २०१४ मा सनी लियोनीमाथि छायाङ्कन गरिएको ‘बेबी डल’ बोलको गीतलाई कनिकाले स्वर दिइन् । ‘बेबी डल’ बोलको गीत रिलिज भएलगत्तै निकै ठुलो हिट बन्यो । यसका लागि उनले फिल्मफेयर बेस्ट फिमेल प्लेब्याक सिंगर अवार्ड पनि पाइन् । त्यसपछि कनिकाले ‘चिट्टिया कलाइयाँ’ र ‘देसी लुक’ जस्ता थुप्रै हिट गीत दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]