०९ कार्तिक २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १५, २०७८

बाजुरा – बाजुराको त्रिवेणी त्रिवेणी नगरपालिका वडा नम्बर ७ र ९ का वडाध्यक्षविरुद्ध दिएको उजुरी नगरपालिकाले फिर्ता लिएको छ । आगामी दिनमा कमजोरी हुन नदिने र पालिकाको काम–कारबाही पारदर्शी गर्ने सहमति भएपछि उजुरी फिर्ता गरिएको हो ।

दुवै पक्षले आफ्नो कमजोरी नदोहो-याउने र आगामी दिनमा सहकार्य गरेरै अघि बढ्ने सहमतिका आधारमा मुद्दा फिर्ता लिइएको प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताए ।

नगरपालिकामा निर्णय पुस्तिका च्यातेको एवं जनप्रतिनिधिलाई अभद्र व्यवहार गरेको आरोपसहित वडा नम्बर ७ का वडाध्यक्ष प्रेमबहादुर थापा र ९ का अध्यक्ष वीरबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका अध्यक्षद्वयलाई प्रहरीले हिरासदमा राखेको थियो । उजुरी प्रक्रिया अघि नबढाउने सहमतिसहित दुवै पक्षबाट मिलेमतो गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिमाथि अभद्र व्यवहार र निर्णय पुस्तिका च्यातेको आरोपसहित उजुरी परेपछि प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]