
काठमाडौं – गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ दशमलव ९० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने निर्णय गरेको उक्त लाभांश कात्तिक ७ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
त्यसपछि शेयर अभौतिकीकरण गराउने सदस्यहरुको हकमा पनि क्रमश हितग्राही खातामै बोनस शेयर जम्मा गरिने जानकारी पनि कम्पनीले गराएको छ । कात्तिक ७ गतेसम्म शेयर बन्धक राखी लिनु भएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाहरुको नाममानै रोक जनाई जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले उक्त बोनस शेयर कर प्रयोजनका लागि नगद लाभांश समेत दिएकाले सम्बन्धीत शेयरधनीहरुले कर तिर्नुपर्ने छैन् । कम्पनीले रू. ८ करोड ३४ लाख चुक्तापूँजीको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो । उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कम्पनीले माघ ६ गते सूचीकृत गराईसकेको छ ।