२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ १३, २०७८

मकवानपुर – मकवानपुर प्रहरीले अवैध काठसहित ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले ५१.६० क्युफिट काठसहित ३ जनालाई प्रकाउ गरेको हो ।

हेटौंडा–१९, नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा मनहरीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ५५०१ नम्बरको टिपरलाई रोकी जाँच गर्दा लुकाएर ल्याएको अवैध सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठसहित मनहरी गाउँपालिका–७, बिजौनाका २५ वर्षीय बाबुलाल मोक्तान, २६ वर्षीय राजु प्रजा र निशान प्रजालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सोमेन्द्रसिं राठौरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]