०७ कार्तिक २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २७, २०७८

तनहुँ – त्रिशूली नदीमा माछा मार्न गएका तनहुँका एक युवा ४ दिनदेखि बेपत्ता भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्व बेसी निवासी २३ वर्षीय चिरन गुरुङ ४ दिनदेखि सम्पर्कविहीन भएका हुन्।

गुरुङको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय आबुखैरेनीले दिएको जानकारी अनुसार जेठ २३ गते राति ८ बजे उनी त्रिशुलीमा माछा मार्न भनी हिँडेका थिए। राति अबेरसम्म पनि घर नफर्किएपछि भोलिपल्टै देखि आफन्तले खोजी सुरु गरेका थिए। प्रहरीसमेत लागेर खोजी गर्दा पनि बिहीबारसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। खोजी गर्ने क्रममा त्रिशुली नदीको किनारमा उनले लगाएर गएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायत सामग्री भेटिएको थापाले बताए। नदी किनारमा उनले प्रयोग गरेका सामग्री भेटिएपछि उनलाई नदीले बगाएको आशंका गरिएको छ।

उनका सामग्री भेटिएको ठाउँबाट तलसम्म नदी आसपासमा खोजी गर्दा पनि केही पत्ता नलागेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]