२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

पर्वत – गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि तीनवटा कोभिड–१९ प्रतिकार्य समूह गठन गरेको छ।

प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा मङ्गलबार विशेषज्ञसहित नर्स, चिकित्सक र ल्याब प्राविधिकहरू सहभागी बैठकबाट कोरोना रोकथाम तथा नियन्त्रणको लागि तीनवटा समूह निर्माण गरिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए।‘प्रदेशमा समुदायस्तरमा कोरोना सङ्क्रमण भएको कुरा हामी सबैलाई थाहा नै छ। यसका लागि हामीले तीनवटा प्रतिकार्य टोली निर्माण गरेका छौँ। ती टोलीहरूले कुन–कुन जिल्ला हेर्ने? भनेर काम पनि विभाजन भएको छ।’ उनले भने, ‘यो टोलीले बुधबारबाट नै काम थाल्दै छ। यसबाट सङ्क्रमणको रोकथाम तथा नियन्त्रणमा केही हदसम्म भए पनि काम हुन्छ नै।’

बैठकबाट स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेश प्रसाद अधिकारीको संयोजकत्वमा डा. दिवाकर पराजुली, सोम शेरचन, उर्मिला बराल र नारायण त्रिपाठी सदस्य रहेको समूह बनाइएको छ। यो समूहले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ, जिल्ला हेर्ने भएको छ। निर्देशनालयका एमडी डा. ज्योति रानाभाटको संयोजकत्वमा नवीन कोइराला, सुशीला कार्की र मोहदत्त ढकाल सदस्य रहने गरी बनाइएको समूहले कास्की, स्याङ्जा र तनहुँ जिल्ला हेर्ने भएको छ।यस्तै, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका डिजीपी डा. परिवर्तन बरालको संयोजकत्वमा रक्षिता लामिछाने, विकास रानाभाट र नानीबाबु दानी सदस्य रहेको समूहले लमजुङ, गोरखा, मनाङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हेर्नेछ।

निर्माण गरिएको तीनवटा समूहहरूले समुदाय लक्षित कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग बैठक गर्ने, जिल्ला विपद् व्यवस्थापन समितिसँग बैठक गर्ने, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तोकिएका समुदायमा स्वास्थ्य जाँच तथा आवश्यकता अनुसार एन्टीजेन परीक्षण गर्ने, केस अनुसन्धान तथा सम्पर्क पहिचान गर्नका लागि स्थानीय निकायको परिचालन तथा सहयोग गर्ने, सङ्क्रमित व्यक्तिहरूको विवरणलाई तत्काल अद्यावधिक गर्ने र जिल्लागत प्रतिवेदन तयार गर्ने तथा काम सम्पन्न भएपछि प्रदेश सरकारसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने काम गर्नेछन्।

यी तीन समूह कम्तीमा पनि एक महिनाका लागि परिचालन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]