०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २०, २०७८

संघीय सरकारको निर्देशन विपरीत दोलखाका चार गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा समेत तीव्ररूपमा बिस्तार भएपछि सरकारले वैशाख १६ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।सरकार र जिल्ला संकट व्यवस्थापन केन्द्रको समेत निर्णयको व्यवास्ता गर्दै दोलखाको कालिञ्चोक, गौरीशंकर, बैतेश्वर र मेलुङ गाउँपालिकाले विद्यालयस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेका हुन् ।कोरोनाको दोस्रो लहरले बालबालिकासमेत प्रभावित भइरहेको बेला दोलखाको चार गाउँपालिकाले कोरोनाको प्रभाव नदेखिएको भन्दै वार्षिक परीक्षा सञ्चालन गरेका हुन् । स्वास्थ्यको सामान्य मापदण्डसमेत पालना नगरी परीक्षा सञ्चालन गरेर आफ्ना बालबालिकाको स्वास्थ्यमा खेलबाड गरेको भन्दै अभिभावकले गम्भीर आपत्ति गरेका छन् ।जथाभावी परीक्षा सञ्चालन गरेर आफ्ना बालबालिका संक्रमित भए त्यसको जिम्मेवारी सम्बन्धित पालिकाले लिनुपर्ने अभिभावकको चेतावनी छ ।

दोलखाको विगु गाउँपालिकाले भने अभिभावकको तीव्र दबाब र चौतर्फी आलोचनापछि आइतबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठ आफूले सरकारको निर्णयअनुसार दोलखाका सबै स्थानीय तहहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको भएपनि केही पालिकाहरूमा वार्षिक परीक्षा सञ्चालन भइरहेको जानकारी आएको बताउनुभयो ।दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेकोले सबै पालिकाहरूमा विद्यालय बन्द भएको आफ्नो बुझाई रहेको उल्लेख गर्नुहुँदै कुनै पालिकाले पनि आफूखुशी विद्यालय खोल्न नसक्ने बताउनुभयो ।

यसैबीच, जिरी नगरपालिकाले कोरोना संक्रमण तीव्ररूपमा बढेको भन्दै अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]