१८ मंसिर २०८०, सोमबार
wait Please...

एस एन यादव

शुक्रबार, आश्विन ०९, २०७७

सप्तरी – विगत ४ दिनदेखी परेको अविरल बर्षको कारण सदरमुकाम राजविराज सहित जिल्लाका अधिकांश क्षेत्र डुवानमा परेको छ ।
गत मंगलबार बिहानदेखी परेको अविरल वर्षाको कारण राजविराज पश्चिमी क्षेत्र बढी प्रभावित भएको हो ।

पानीको निकास नभएका कारण सामान्य वर्षाले पनि राजविराज अदालत रोड डुवानमा पर्ने गरेको छ । घर घरमा पानी पसेपछि स्थानियवासीले बर्षौनि यो सास्ती भोग्नु परेको बताउछन । निरन्तरको बर्षाले गर्दा सर्बसाधरणको घरहरु पुरै डुवानमा परेका हुन् ।
नियमित वर्षा भइरहेको र पछिल्लो केहीदिन यता निरन्तर परेको पानीले गर्दा अधिकांश क्षेत्रमा पानी जमेर जनजीवनलाई कठिन बनाइदिएको राजविराजका एक स्थानीयले के छ खबर अनलाइन लाई जानकारी गराए ।

राजविराजको उत्तरी भेकबाट आएको पानीले निकास नपाउँदा यहाँका धेरै घर डुवानमा परेका छन्, एक स्थानीयले भन्नुभयो-प्रतेक बर्ष यो समसिया बाट लड्नु पर्छ तर अझ पनि सम्बन्धित निकाय मौन रहेको बताउछन ।धेरै जसो सरकारी कार्यालयहरु रहेको उक्त स्थानमा घुडा घुडा सम्म पानी रहेको बताउ छन । तर पनि अझ कुनै सम्बन्धित निकाय को ध्यान न गएको बताउछन ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको , लौनिया ,तिलाठी ,सकरपुरा ,हनुमाननगर कन्कलनी नगरपालिका -१४ ,रम्पुरा मल्हनिया ,गोबर्घधा सहित विभिन्न वडाका झन्डै ५०० सय घर परिवार डुबानमा परेका छन् लगातारको वर्षा को कारण ले खाडो ,जिता, त्रियुजा लगयतमा आएको बढी ले सो वडा हरु डुवान मा परेका छन् ।
यसैगरि लगातारको बर्षाले राजविराज भन्सार कार्यालय सस्त्र प्रहरी सिमा चेकाउट पोस्ट तिलाठी बेल्ही र तेलाथी कोइलदि गाउँ पालिका समेत जलमग्न भएको स्थानियहरुले बताएका छन ।
त्यस्तै लगातारको वर्षा ले सप्तरी को सदरमुकाम राजविराजमा रहेको गणेशमान सिंह फाउन्डेसन को कार्यालय समेत डुवान मा परेका छन। बाढी का कारण ले कार्यालयमा रहेको आवस्यक कागज पत्र का साथै कम्प्युटर ,प्रिन्टर लगायत का सामग्री समेत डुवान मा परेको फाउन्डेसनका अध्यक्ष सुरेन्द्र प्रसाद यादव ले जानकारी दिनु भयो ।

त्यस्तै लगातार वर्षाको कारण ले सप्तरीका एक दर्जन भन्दा बढी सरकारी कार्यालय हरु डुवान मा परेका छन ।यता ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजमा समेत पानी पसेको संस्था का अध्यक्ष सुखराम यादव ले जानकारी दिनु भयो ।

यस्तै लगातार बर्षको पानीले जिल्ला का अधिकांश डुवानमा परेपनि स्थानीय सरकार ,प्रदेश सरकार ,तथा संघिय सरकार समेत मौन रहेको गुनासो स्थानीय बासीहरुले गरेका छन ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]