१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन ०४, २०७७

सप्तरी-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । हाल उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । तर, उनले ३१ भदौमा अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको उल्लेख गर्दै मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । त्यसपछि मुख्यमन्त्रीकी श्रीमती हुँ भन्ने युवतीले मुद्दा फिर्ता लिइन् ।

कतिपयले ‘केस होस्टायल’ भएको भन्दै महिलाले न्याय नपाएको दावी गर्दै आएका थिए । मुद्दा फिर्तापछि पार्टीका शिर्ष नेताहरुलाई भेट्ने उनको ईच्छा के थियो भन्ने खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]