०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७

सप्तरी – अमेरिकामा पछिल्लो केही समययता भ्रमणको कुनै इतिहास नभएका व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) पाइएको छ । अमेरिकाको कोलोराडो राज्यका एक व्यक्तिमा देखिएको कोरोनाको नयाँ प्रकार बेलायतमा देखिएको नयाँ प्रकारसँग मिल्दोजुल्दो छ । अधिकारीले दिएको जानकारी अनुसार कोरोनाको नयाँ प्रकार देखिएका व्यक्ति अहिले आइसोलेसनमा छन् भने उनको सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्ने काम सुरु भइसकेको छ । अधिकारीहरुका अनुसार कोरोनाको नयाँ प्रकार देखिएका व्यक्ति २० देखि ३० वर्षका युवा हुन् ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको आलोचना गरेको केही समयमा नै अमेरिकामा कोरोनाको नयाँ प्रकार पाइएको हो । बाइडनले अमेरिकाको खोप कार्यक्रम तालिकाभन्दा निकै सुस्त गतिमा भइरहेको बताएका थिए । अहिलेसम्म अमेरिकामा एक करोड ९० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने तीन लाख ३७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

विशेषज्ञहरुले कोरोनाको नयाँ प्रकार यसअघिको तुलनामा निकै संक्रामक भए पनि धेरै जोखिमपूर्ण रहेको वा नरहेको विषयमा भने अध्ययन आवश्यक रहेको बताएका छन् ।अमेरिकामा अहिले बायोएनटेकसँग मिलेर फाइजरले विकास गरेको र मोडर्नाले विकास गरेको दुई कोरोना खोप अमेरिकाभर वितरणक गर्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]