०५ आश्विन २०७७, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन ०१, २०७७

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४ः३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ । यसअघि बुधवार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।

लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात खुलेकै दिन सडक अवरुद्ध भएकाले सवारीसाधनहरु र तिनमा सवार यात्रुहरु बीचबाटोमै रोकिएका छन् ।

तीन दिनको अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा दर्जनौं पहिरो खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ। अहिले यो वेबसाइट को निर्माण कार्य जारि छ अहिले हामि टेस्टिङ्ग फेज मा छौ ।आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक : निखिल राउत (बिबेक)
प्रधान सम्पादक:शिव कुमार यादव
सम्पादक: जय कामत
सह-सम्पादक: अनवर अलि

सल्लाहकार:शुभ नारायण यादव
प्रेरक स्वेच्छिक कार्यकर्ता:-शान्ति देवी यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]