०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आइतबारसम्म एक करोड भन्दा बढी पुगेको छ।विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

सोही अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३४१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यहाँ एक लाख ४५ हजार ४७७ जना पुगेको छ।भारतको राष्ट्रिय राजधानी दिल्लीमा गएको २४ घण्टामा १ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ।मन्त्रालयको पछिल्लो विवरणमा ९५ लाख ८० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा तीन लाख ५ हजार ३४४ सक्रिय सङ्क्रमित रहेका छन्।यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ।भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ११ लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]