०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजारमाथि नै सङ्क्रमण दर रहेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म सङ्क्रमण दर सीमित रहनु सुखद खबर रहेको जनस्वास्थ्य विज्ञको भनाइ छ । निको हुने दरमा क्रमशः वृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उहाँहरुको बुझाइ छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हिजाे मात्रै पाँच हजार ७०६ को परीक्षण गर्दा जम्मा ७८२ मा मात्रै सङ्क्रमण देखिएको छ । जसमा ३०५ महिला र ४७७ पुरुष छन् । गएको २४ घण्टामा मात्रै एक हजार २९ निको भएका छन् । यसले सङ्क्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको देखिएको छ । सङ्क्रमितमध्ये निको हुने दर वृद्धि हुँदै ९५ दशमलव ६ प्रतिशतमा पुगेको छ । यसले कोरोनाबाट उच्च सावधानी अपनाउँदा जोखिमबाट जोगिन सक्ने तथ्याङ्कले पुष्टि गर्छ ।

अहिलेसम्म देशभर दुई लाख ५२ हजार सङ्क्रमति भएको विवरण छ । निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ । आइसोलेशनमा नौ हजार ३१७ सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोभिड-१९ भएका एक हजार ७६५ को ज्यान गएको छ । हिजाेमात्रै १६ जनाको ज्यान गएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अहिले ४२७ क्वरेण्टीनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]