१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।

जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उनले बताए । विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनको भनाइ थियो ।कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दाबन्दी र राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको, नागरिकको स्वास्थ्य उपचारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्दै उनले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट गरे । “हामी नागरिकको जीवन र जीविका रक्षाका लागि संवेदनशील छाँै”, उनले भने, “कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने भएका छौँ, यसका लागि स्रोत व्यवस्थापन भइसकेको छ ।”

खोप जतिसक्दो छिटो नेपाल ल्याउन आयातमा सफल भएका तथा अध्ययन गरिरहेका मुलुकसँग कूटनीतिक रूपमा छलफल भइरहेको उनको भनाइ थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]