१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – कोभिड–१९ महामारीको यो विषम परिस्थितीमा पनि आफ्नो परम्परालाई निरन्तरता दिँदै राजधानीस्थित होटल हायात रिजेन्सीले क्रिसमसलाई औपचारिक रुपमा भित्र्याउनका लागि कार्यक्रमको आयोजना गरेको छ ।

हायतले गत सोमबार एक कार्यक्रम आयोजना गरी निकै कम व्यक्तित्वको उपस्थितीमा ‘क्रिसमस ट्री’ मा बत्ती बालेर यसलाई औपचारिकता दिएको छ ।नेपालका लागि रसियाली राजदूतकी श्रीमती एलिना नोभिकोभाले उक्त कार्यक्रमलाई औपचारिकता दिएकी हुन् ।

कम्पनीका महाप्रबन्धक राजेश रामदासले कार्यक्रमको शोभा बढाइदिएकोमा नोभिकोभालाई धन्यवाद दिँदै भने, ‘प्रकाशले आशा र सकारात्मकतालाई प्रतिबिम्बित गर्छ, कोभिड पश्चात्को अर्को वर्ष हामीले राम्रा दिनहरु देख्न पाउने आशा गरेका छौं ।’

हायातले वर्षैपिच्छे क्रिसमसको रुखलाई सजाएर जिन्जरब्रेड हाउससमेत बनाएर राख्ने गर्दछ । क्रिसमस र अंग्रेजी नयाँ वर्षमा होटलमा आउनेहरुका लागि यो मुख्य आकर्षणको केन्द्र हुने गर्दथ्यो, बच्चाहरु पनि असाध्यै रमाउने गर्दथे ।

तर यस वर्ष अनुकूल स्थितीमा हायातले परम्परा धान्नका लागि सो कार्यक्रम सिमित व्यक्तित्वको उपस्थितीमा समापन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]