जनता समाजवादी पार्टी नेपाल, खडक नगरपालिकाको प्रथम नगर अधिवेशन हर्षोल्लासका साथ शनिबार सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय उपाध्यक्ष , पुर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवज्यूको प्रमुख आतिथ्यमा र विशिष्ट अतिथि प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव तथा पार्टीका प्रदेश सदस्य मनोज कुमार यादव, जिल्ला कार्यकारणी सदस्य विनोद चौधरी, जिल्ला सदस्य हुमायु हक, खडक नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, वडा अध्यक्ष इझारुल मिया लगायत अग्रज नेताकार्यकर्ताको उपस्थितिमा नगर अधिवेशन सम्पन्न भएको छ ।
नगर अधिवेशन वाट सर्वसम्मतिले नगर अध्यक्षमा मोहम्मद इसराइल , उपाध्यक्ष रिता कुमारी चौधरी , उपाध्यक्ष रघुनन्दन चौधरी, सचिव श्यामनन्दन चौधरी , सहसचिव मोहम्मद समसुल मिया , उपसचिव अनिता कुमारी चौधरी , कोषाध्यक्ष जलेश्वरी मण्डल , सदस्य मोहम्मद ईसाक, खजिजा खातुन, विनिता कुमारी मण्डल, इकवाल मियाँ, शिवकुमार चौधरी, वैजनाथ पासमान र बृहस्पति दास ताँती चयन गर्दै विभिन्न सदस्यीय नगर कार्य समिति गठन गरिएको छ ।
नव गठित नगर कार्य समितिका पदाधिकारी एवंम सदस्यहरुलाई प्रमुख अतिथि माननीय मृगेन्द्र कुमार सिंह यादवज्यू , प्रदेश सभा सदस्य अनिरुद्व कु सिंह यादवज्यू बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।