२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बाँके र डोटीका एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानरपालिका- ४ का ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान साढे ३ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा थप समस्या आएपछि उनलाई मंसिर २७ गते भर्ना गरिएको थियो ।यसैगरी डोटीको दिपायल सिलगडी-५ का ४९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार साँझ ६:४५ बजे मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेजमा मंसिर २६ गते कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएकै दिन आईसीयू कक्षमा राखेर उनको उपचार थालिए पनि सोही दिन साँझ उनको मृत्यु भएको वलीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]