२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १८, २०८१

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम विष्फोटमा परी छ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “आज दिउँसो शरीरमा विस्फोटक पदार्थ लगाएका एक व्यक्तिले विस्फोट गराएका छन् ।”उहाँले भन्नुभएको छ, “दुर्भाग्यवश, आक्रमणमा एक महिलासहित छ जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।”

आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन । जादरानका अनुसार यो घटना दक्षिणी काबुल क्षेत्र काला–ए–बख्तियारमा भएको थियो र अनुसन्धान जारी छ।

अफगानिस्तानमा सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि विदेशी सेना र इस्लामिक विद्रोहीबीचको दुई दशक लामो युद्ध अन्त्य भएको र हिंसामा कमी आएको छ ।

यद्यपि इस्लामिक स्टेट खोरासान (इस्लामिक स्टेटको क्षेत्रीय शाखा) अफगानिस्तानमा सक्रिय छ र यसले नियमित रूपमा नागरिक, विदेशी र तालिबान अधिकारीहरूलाई बन्दूक र बम आक्रमणको निशाना बनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]