२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र १२, २०८१

काठमाडौँ – दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनशिप फुटबलको उपाधि बंगलादेशले जितेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बुधवार भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४-१ ले सहजै पराजित गर्दै उपाधि जितेको हो। बंगलादेशले पहिलोपटक साफ यू-२० उपाधि जितेको हो।

एकपक्षीय खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ गोल गरे भने राबी हुसेन राहुल र पियास अहमद नोभाले १/१ गोल गरे। नेपालका लागि समीर तामाङले एक गोल फर्काए। पहिलो हाफमा नेपालले पाएका आधा दर्जनभन्दा बढी अवसर गोलमा परिणत गर्न सकेन।

खेलको शुरुदेखि अन्त्यसम्मै बंगलादेशको दबाब झेलेको नेपालको घरेलु मैदानमा उपाधिमा ह्याटट्रिक गर्ने चाहना पूरा भएन। यसअघि नेपालले सन् २०१५ र सन् १०१७ मा साफ यू-२० च्याम्पियनशिप जितेको थियो।दोस्रो हाफमा बंगलादेशले गोल गरेपछि दर्शकले मैदानमा पानीका बोतल फ्याँकेका थिए।

नेपालले समूह चरणको खेलमा भने बंगलादेशलाई २–१ गोलले पराजित गरेको थियो। नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल पुगेको थियो।

बंगलादेशले भने साविक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले पराजित गर्दै फाइनल पुगेको थियो। च्याम्पियनशिपमा पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]