१७ मंसिर २०८१, सोमबार
wait Please...

अनवर अलि

शनिबार, मंसिर १५, २०८१

राजबिराज सप्तरी – मधेश प्रिमियर लिग सिजन ३ क्रिकेट प्रतियोगिता आगामी चैत्र ५ गतेबाट हुने भएको छ ।
मधेश प्रिमियर लिगले शनिवार राजविराजमा पत्रकार सम्मेलन गरि सिजन ३ को क्रिकेट प्रतियोगिता चैत्र ५ गतेबाट हनुने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा लिगका अध्यक्ष ई संजिव नारायण यादवले आजबाट खेलाडीको रजिष्ट्रेशन शुरु गरिएको बताए । उनले यस सिजन ३ प्रतियोगितामा अक्सनबाट खेलाडी छनौट गरिने र प्रत्येक टिममा झापा देखि कंचनपुर सम्मका मधेश क्षेत्रबाट ७ जना खेलाडी तथा नेपाल भरिबाट ४ जना खेलाडी रहने जानकारी दिए ।
मधेश प्रिमियर लिगमा कूल १० वटा टिमको सहभागिता रहने बताउँदै अध्यक्ष यादवले प्रतियोगिताको ६० प्रतिशत खेल राजविराज स्थिति पविमावि खेल मैदान र राजरंगशाला मैदान हुने तथा बाँकी ४० प्रतिशत खेल विरगंज र जनकपुरमा खेलाईने बताए ।
यस प्रतियोगिताको लागि मधेश प्रदेश सरकार संग समन्वय गरेर मधेश प्रिमियर लिगको नाउँमा राखिएको ५० लाख बजेट ल्याउने प्रयास गरिने अध्यक्ष यादवको भनाई छ ।

’मधेश प्रदेश सरकारले मधेश प्रिमियर लिगको नाममा ५० लाख बजेट राखेको छ, त्यो ल्याउन समन्वय गरिनेछ । तर, मधेश ससकारले सो बजेट नदिएपनि सिजन ३ को आयोजना गरिने छ‘ यादवले पत्रकार सम्मेलनमा भने ।

सन् २०१५ बाट शुरु भएको मधेश प्रिमियर लिग २०१६ मा सिजन २ भएको ८ बर्षपछि सिजन ३ हुन लागेको छ ।
विचमा अनेक बाधा अवरोधका कारण सिजन ३ खेलमा ढिलाई भएको लिगका सचिव तिर्थनाराण दासले बताए । उनले सबैको सहयोगबाट सिजन ३ सफलता पुर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।

साथै पत्रकार सम्मेलनमा उपाध्यक्ष ई सुधिर कुमार मंडल, ई राहुल देव, ई भुपेन्द्र कुमार मिश्रा, दिपेश यादव, शंकर दास, संतोश यादव लगायत को उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]