२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र ०९, २०८१

सप्तरी _ सुनकोशी नदीमा खसेर बेपत्ता भएकाे गाडी भेटिएकाे छ। मध्यपहाडी लोकमार्गमा शनिबार साँझ खोटाङबाट भक्तपुर आउँदै गरेकाे हाइलक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खसेकाे थियाे।

उक्त हाइलक्स आइतबार बिहान २ बजेपछि भेटिएकाे जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक अनिल कुमार खड्काले जानकारी दिए। हाइलक्सलाई गोताखोरकाे टाेलीले झिकेको हाे।

गाडीमा चारजना सवार थिए, जसमध्ये एक जनाले हाम फालेर ज्यान जोगाएका थिए। अन्य तीनजना भने अझै बेपत्ता छन्।

ज्यान जाेगाउन सफल २७ वर्षीय सुशान्त कक्षपति अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

प्रहरी नायव निरीक्षक खड्काले अगाडि बढ्ने दुईजनाले सिट बेल्ट लगाए पनि उनीहरू नभेटिएकाे बताए।

खड्काले भने, ‘बाँच्न सफल कक्षपतिले अगाडि बस्ने २ जनाले सिट बेल्ड लगाएका छन् भन्नुहुन्थ्याे। सिट बेल्ट लगाएपछि त गाडीमै हुनुहाेला भन्ने आशा थियाे। तर हुनुहुँदाे रहेनछ।कक्षपतिले आफ्नाे एकजना साथीलाई नदीले बगाएकाे कुरा गरेकाे खड्काले बताए।

बेपत्ता हुनेमा गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन्। उनीहरूको खोजीकार्य आज पुनः सुरू भएकाे छ।

खोजीकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षककाे कमान्डमा ५ जनाकाे टाेली, खुर्काेटबाट प्रहरी निरीक्षककाे कमान्डमा ७ जनाकाे टाेली, प्रहरी चाैकी ग्वालटारबाट प्रहरी सहायक निरीक्षककाे कमान्डमा ४ जनाकाे टाेली र सशस्त्र प्रहरी निरीक्षककाे कमान्डमा ६ जनाकाे गाेताखाेर सहितकाे टाेली छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]