२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, भाद्र ०८, २०८१

पर्सा – बाघको आक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार, बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका-५, शंकर सखुवनियाका ५५ वर्षीय तुलसि राउत थारुको मृत्यु भएको हो। उनी शुक्रबार साँझ गाउँ नजिकैको जङ्गलमा घास काट्न गएका थिए।घास काट्न गएका उनी राति घर फर्किएनन्। स्थानीय बासिन्दाले शनिबार बिहानैदेखि खोजी थालेका थिए।

शंकरसरैयास्थित सुगिभार जंगल नजिकैको नर्सरीमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहन जंग बुढाथापाले बताए। उनको शव भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

उनको दायाँ खुट्टा र बाँया हात छैन। घाँटीमा बाघले कोतरेको घाउ रहेको प्रहरी निरीक्षक बुढाथापाले बताए।

घटनास्थलको जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाउन लागिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]