काठमाण्डाै – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सर्वसाधारणका लागि छिटै धरहरा खुला गर्ने बताउनुभएको । आज मन्त्रालयमा पूर्वाधार पत्रकारहरूसँगको छलफलमा उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिनुभयो ।
यस्तै उहाँले संसद्कै पहिलो र दोस्रो ठूलो राजनीतिक दल मिलेर सरकार बनेकाले नयाँ शहरहरूलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले काठमाण्डौ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको उल्लेख गर्नुभयो । काठमाण्डौलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसका लागि काम शुरु गरिसकेको उहाँको भनाइ छ ।