राजबिराज सप्तरी – सहरको सौन्दर्यकरण र सफाईलाई आफ्नो जिम्मेवारी ठानेर काम गर्ने मानसिकता नै हामीलाई परिवर्तनको मार्गमा अघि बढाउन सक्छ। ‘हाम्रो राजबिराज हामीले बनाउनुपर्छ’ भन्ने उद्देश्यका साथ सप्तरी युथ नेपालले आजको शनिबार सहरको सफाई अभियानमा तल्लिन भई महत्वपूर्ण योगदान गरेको छ।
यस अभियानको क्रममा, सप्तरी युथले राजबिराजलाई अझ सुन्दर र सफा बनाउन मन, वचन, र कर्मले एकजुट भएको छ । सप्तरी युथको उद्देश्य सहरलाई केवल बाहिरबाट सुन्दर देखाउने मात्र होइन, यहाँ बसोबास गर्ने सबैलाई स्वास्थ्यकर वातावरण प्रदान गर्नु पनि हो। सबैले मेहनत नगरेसम्म यो कार्य सफल हुन सक्दैन, त्यसैले अब आफ्नो कर्तव्यबाट पन्छिने समय होइन सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन कुमार यादवले बताए ।
यो अभियान केवल सफाईको लागि मात्र नभई, सबैको मनोभावना र कर्तव्यप्रति जागरूकता फैलाउन पनि हो। यसले हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याउने र यसैगरी निरन्तरता दिदै जाँदा राजबिराजलाई नयाँ उचाइमा पुर्याउने सप्तरी युथ नेपालको सपना हो।
सफाई अभियानको क्रममा सहभागी भएका सबैलाई धन्यवाद व्यत्त सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले गरे , तपाईंहरूको परिश्रम र योगदानले सहरलाई साँच्चै नै नयाँ स्वरूप दिएको छ।
आउनुहोस्, सधैं यसरी नै मिलेर सहरको विकास र समृद्धिमा हातेमालो गरौं भनेर आग्रह गरेका थिए ।