राजविराज सप्तरी – सप्तरी जिल्लामा असार १३ गतेदेखी दुई दिन मुसलदार वर्षा भएको पानीले तिरहुत वार्ड नं १ धनपुरि मा करिव २५० मिटर , कचनरुप ११ ठेलियामा करिव २०० मिटर महुली खाेलाकाे बाँध कटान भएकाे थियाे ।
उक्त महुली खाेला ले सर्वसाधारणकाे जमिनमा पसी खेतियाेग्य जमिन बगरमा परिणत गरेकाे थियाे। कंचनपुर राजविराज सडककाे कल्वाेड भत्कि चन्द्र नहर भत्काएकाे थियाे जसकाे मर्मत सम्भार जापान सरकार जाईका द्वारा भईरहेकाे थियाे जसकाे कारण हुलाकी सडक अवरुद्ध भईरहेकाे छ।साे वाँधकाे पुननिर्माण र संरक्षणकाे कार्य मधेश प्रदेश जिल्ला सिचाई कार्यालयले गरिरहेकाे छ। आज साेही कार्यकाे अनुगमन निरिक्षण मधेश प्रदेश विना विभागिय मन्त्री सकिल अलि, प्रमुख जिल्ला अधिकारी मेख ब मंग्राति लगायत जिल्ला सुरक्षा निकायका प्रमुखहरुवाट सम्पन्न भयाे।
पूर्व पश्चिम राजमार्गमा रहेकाे महुली खाेलाकाे पुल मुनि वालुवा थुप्रियेर पानि सडकमाथिवाट वहदा समय समयमा राजमार्ग अवरुद्धका घटना भईरहेका छन्।
समयमै स्थानिय तह र सराेकारवाला निकायले पुल मुनि थुप्रियेकाे वालुवा निकाली पानीकाे सहज निकास गर्न सकेमा अन्य क्षेत्रमा साे नदिले वितण्डा मच्चाउने थिएन।साउन काे झरि शुरुसगै हनुमाननगर नपा तिलाठी काेईलाडी गापा सप्तकाेशी नपा र सदरमुकाम राजविराज वाडीकाे उच्च जाेखिममा रहेका क्षेत्र हुन।