कल्याणपुर – सप्तरीको खडक नगरपालिका ८ बिसनपुरमा एकजना महिलाको शव भेटिएको छ।
शव कसको हो पुष्टि हुन बाँकी छ। महिलाको शव कुहिएको देखिन्छ। स्थानीय बासीका अनुसार बिहान देखि चारैतिर दुर्गन्धित फैलिएको थियो र खोज्दै जाँदा स्थानीयले महिलाको शव देखयो र प्रहरीलाई खबर गरेको थियो ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक सुभेष अधिकारीको नेतृत्वमा अनुसन्धान भइरहेको छ र यो घटनाको छानबिन गरी , सनाखत गरी छिटै जानकारी गराउने बताउनुभयो।