राजबिराज सप्तरी – सप्तरी युथ नेपालले सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने मूल नाराका साथ सुरु गरेको भलुवाहि सरसफाई अभियान आज तेस्रो हप्तामा प्रवेश गरेको छ।
सप्तरी युथ नेपालले पहिला पनि सरसफाइ अभियान सुरु गरेको थियो र आज पनि सुरु गरेको छ र यस सरसफाइलाई निरंतरता दिएको छ । सप्तरी युथ सङ स्रोत साधन केही नहुँदा पनि यस संस्थाका सम्पुर्ण सदस्यहरुले गर्न सक्ने आँट देखाएका छन ।
सरोकारवाला निकायहरु जोसँग सम्पूर्ण स्रोत साधन हुँदाहुँदै पनि नगरपालिकाले नगरपालिका बनाउनेतिर बढी ध्यानकर्षण भएको हामी प्रष्ट बुझ्न सक्छौ यस संस्थाका उपाध्यक्ष मोहन कुमार यादवले भने । यो फोहर बाहिरको मान्छे होइन यहीका बासीन्दाहरुले गर्ने गरेको छ तर समस्याको समाधान हामीले खोज्दिनुपर्छ राजबिराज नगरपालिका संग आग्रह गरेको छ ।
तेस्रो हप्तामा सरसफाई प्रवेश गरेपनि नगरपालिकाबाट खासै तदरुक्ता देखिएन। किनभने उहाँहरू त एउटा संस्था हो। उहाँहरुलाई सफा सुगर हराभरा चाहिएको छ। जसको लागि उहाँहरुले यो महा अभियानको सुरुवात गरेको छ ।
सप्तरी युथ नेपालका कावा अध्यक्ष मोहन कुमार यादवको भनाइ अनुसार हामीले जबसम्म यो भलुवाही खोलाले आफ्नो स्वरूपमा ल्याउँदैनौं तबसम्म हामीहरु सरसफाई यो निरन्तर चलिरहन्छ भन्ने जानकारी हामीलाई गराउनु भएको छ । साथै सम्पूर्ण वडावासीहरू खासगरी भलवायुको उत्तर र दक्षिणबाट रहेका जग्गाधनी घरधनीहरूलाई आफ्नो घरबाट निस्केको फोन निस्किने फोहर कृपया बलवाई खोलामा नफाल्दिनु हुन हार्दिक अनुरोध पनि गरेका छन्।
आजको सरसफाई अभियानमा राजबिराज युथ कम्युनिटी लगायत अन्य महानुभावहरू विद्यार्थी युवाले पनिसहभागिता जनाएको थियो ।