०३ आषाढ २०८१, आइतबार
wait Please...

अनवर अलि

शनिबार, जेठ १२, २०८१

राजबिराज सप्तरी – सप्तरी युथ नेपालको आयोजना मा पुनः भलुवाहीनदीको दोस्रोपटक सरसफाई अभियान अन्तरगत आज पहिलो दिन राजबिराज नगरपालिका ,राजबिराज युथ कमिटी र सप्तरी युथ नेपाल द्वारा सामुहिक  सरसफाई अभियान सुचारु गरेको छ ।

समुदायमा विशेष सरसफाई अभियान एक महत्वपूर्ण गतिविधि हो । सप्तरी युथ नेपालको मुख्य उद्देश्य समुदायलाई सफा, स्वस्थ, र वातावरणीय रूपमा सुधार गर्नु हो। समुदायमा विशेष सरसफाई अभियानले वातावरणीय सुधार मात्र नभई, सामुदायिक भावनालाई पनि मजबुत बनाउँछ। यसले स्वास्थ्य समस्याहरू घटाउन, पर्यावरणीय संतुलन कायम राख्न, र समुदायको समग्र जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्छ ।

आज भलुवाही सरसफाई अभियानमा  प्रदेश सभा सदस्य माननीय सतिशकुमार सिंह, सप्तरी प्रमुख जिल्ला अधिकारी किरण थापा, राजबिराज नगरपालिकाका का.वा. मेयर ईश्वत प्रविन, राजविराज नगरपालिका वार्ड नं ८ का वडा  अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता युवा नेता जयनारायण मण्डल, नेकपा एमालेका सप्तरी प्रवक्ता अखलेश कुमार झस , राजबिराज नगरपालिका कार्यकारी प्रमुख प्रशासक अधिकृत  विष्णु गुरुङ्ग, ओम शान्तिका भगवती जि, नेपाल प्रहरीका जवानहरु स्थानीय भद्र भलादमि , पत्रकार,बुद्धिजीवी विद्यार्थी समुदायका रहेका गन्य मान्ने व्यक्तित्वहरू उपस्थिति रहेको थियो ।

सप्तरी युथ नेपाल द्वारा भलुवाही सरसफाई अभियान शुभ आरम्भ गरिएकोमा हजुरहरूको साथ सहयोगको अपेक्षा राख्दछु सप्तरी युथ नेपालका का.वा. अध्यक्ष मोहन कुमार यादवले भने । सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा मुल नाराको साथ पुनः भलुवाही  सरसफाई गरेरै छाड्ने हाम्रो प्रतिबद्धता हो यस संस्थाका कोषाध्यक्ष बिष्णु यादवले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]