०५ जेठ २०८१, शनिबार
wait Please...

अनवर अलि

शुक्रबार, बैशाख २१, २०८१

राजबिराज – सप्तरी महादेवा गाउँपालिका वडा नः १ चिमटीमा भएको भीषण आगलागीमा करोडौं को क्षति भएको थियो र लगभग २०० घर जलेर खरानी भएको थियो ।

अहिले चिमटी गाउँमा विभिन्न संघ संस्थाहरु  केहि न केहि राहत सामाग्री लिएर पुगिरहेको देखिन्छ र पीडितहरुको घाउको मलम बनेको छ । त्यहाँको अवस्था अहिले  धेरै नै चिन्ताजनक छ । अहिले सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमित रूपमा ३ दिन देखि खाना खुवाउदै आईरहेको छ ।

आज नेपाल मुस्लिम समाज सेवा सप्तरीले महादेवा गाउँपालिका वार्ड नं.१ चिम्टी टोलमा आगलागि पिडितहरुलाई ४७ सेट भाडाबर्तन राहात सामग्री वितरण गरेको छ  साथै समाजसेवी युवा अभियान्ता सप्तरी युथ नेपालका सदस्य अनवर अलीले एक जना क्यान्सर पीडित र आगलागी पीडित परिवारलाई  ग्यास सिलिन्डर र चुल्हा सेट आफ्नो तर्फबाट प्रदान गरेका थिए ।

आज नेपाल मुस्लिम समाज सेवा सप्तरीले महादेवा गाउँपालिका वार्ड नं.१ चिम्टी टोलमा आगलागि पिडितहरुलाई भाडाबर्तन राहात सामग्रीमा हनडी १ थान ,कराही १ थान ,डाडु १ थान ,बाल्टिन १ थान ,जग १ थान ,गलास १ थान ,पलेट १ थान ,चम्चा १ थान गरि ४७ घर धुरीलाई राहत वितरण गरेको छ र पुनः सहयोग गर्ने नेपाल मुस्लिम समाज सेवाका उपाध्यक्ष मो.अफ्रोज आलमले जानकारी गराए ।

यस कार्यक्रममा साथ र सहयोग गर्ने सम्पुर्णलाई यस संस्थाका सचीव अनवर अलिले धन्यवाद व्यत्त गरे ।यस कार्यक्रममा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल उपाध्यक्ष ,अर्चना कुमारी यादव ,प्रमुख प्रशासक अधिकृत रामलखन यादव वडा अध्यक्ष जय किसुन दास , युवा नेता युसुफ अलि , युवा नेता सतेन्द्र यादव , सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादव , समाजसेवी सेरु खान , समाजसेवी बैजनाथ साह , समाजसेवी मो. जकाउल्लाह ,यस संस्थाका मो.अफरोज आलम , मो. लुकमान , मो मुस्तकिम , मो. नौसाद ,मो तब्रेज ,मो इकवाल , नौसाद आलम ,मो जाबेद आदि युवाहरूको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]