०९ जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख १८, २०८१

सप्तरी – तिलाठी कोइलाडी गाउँपालिका स्तरका बिधालयहरुमा गुणस्तरिय शिक्षामाथी चुनौती बढ्दै गएको आरोप रहेकाे छ । शिक्षा संयाेजक चन्द्र भुसन रायकाे कारणले यस्तो समस्या देखा परेको वडा अध्यक्ष रमेश मुखियाले के छ खबर डट कमलाइ बताए ।

मुखियाको अनुसार सामुदायिक बिधालयहरुमा अनुगमन समेत न हुने यता बिधालयहरुमा बेला बेलामा अनुगमन गर्नुपर्ने ब्यवस्था भएतापनी बर्षमा एकपल्टपनि अनुगमन हुन नसकेको मुखियाको आरोप रहेकाे छ । शिक्षा संयाेजक रायकाे सामर्थ्य एवम क्षमता नपुगेरै आज बिधालयहरुमा गुणस्तर शिक्षा हुन नसकेको मुखियाको भनाइ रहेकाे छ ।

शैक्षिक शत्र २०८० मा मा.वि बभनगामा कट्टीमा प्राविधिक तर्फ अध्यनरत विद्यार्थीहरू माथि संयाेजक रायले खेलवाड गरेका छन् प्रधानाध्यापक बिपिन झाले भने भेटनरी शिक्षामा आबद्ध विद्यार्थीहरूकाे ओजेटिब सेवा सुबिधा समेत संयाेजक रायले कटाेैती गरेका छन् ।
हामीहरु निर्वाचित भएकाे २ बर्ष बितिसक्दा पनि बिधालयहरुमा हाल सम्म पनि अनुगमन भएकाे थाहा छैन भनि वडा अध्यक्ष ललन राउत, रमेश मुखिया, सत्यनारायण यादव, राेशन सिहं, हरिनारायण मंडलकाे संयुक्त भनाई रहेकाे छ । हामीहरूकाे कार्यकालकाे याे दुई वर्षमा वडा अन्तर्गतकाे विद्यालयहरूमा कति चाेटी अनुगमन गरे ? अनुगमनकाे क्रममा के कमि कमजोरी देखा परे ? अहिले सम्म शिक्षा संयाेजकले सम्बन्धित ठाउँमा जानकारी न दिएकाे निजहरुकाे कथन रहेकाे छ ।

यता विद्यालय सम्बन्धि कुनै सुचना मांग गर्दा जानकारी नगरी पन्छिदै आएको हाम्राे संवाददाताले बताए । साेही विषय बस्तु केन्द्रित गरेर पालिकाकाे विभिन्न विद्यालयकाे प्रअ संग कुरा गर्दा प्रअहरूकाे भनाई अनुसार शिक्षा संयाेजकाे काम कर्तव्यमा निर्भर छ । उहाँले कुनैपनि मतलव राख्दैन प्रअहरुकाे सामुहिक गुनासाे छ । साेही सन्दर्भमा शिक्षा संयाेजक रायसंग फाेन मार्फत सम्पर्क गर्न खाेज्दा फाेन उठेन ।
पालिका अन्तर्गत १७ वाेटा समुदायिक विद्यालयहरू रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]