राजबिराज सप्तरी – आज सप्तरीको सदरमुकाम राजबिराजमा गुणस्तर तथा नापताैल कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय ,घरेलु तथा साना उद्याेग,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,उद्याेग वाणिज्य संघ र सुरक्षा निकायका प्रतिनिधि सहित संयुक्त टोलीवाट राजविराज मा संचालित केही ग्यास डिलरहरु अनुगमन कार्य सम्पन्न गरेको छ ।
अनुगमनका क्रममा कुमार ग्यास स्टाेर्स,राजविराज ७ सिरहा राेडमा रहेकाे काेशी ग्यास डिलर ,
साेनु ट्रेडर्स राजविराज ३ मा रिजाल ग्यास डिलरमा कुनैमा कम कुनैमा वढि देखिएकाेले
२ वटा कम र ४ वटामा वढी ग्यास भएकम सिलिण्डर हरु सिल गरिएकाे ।
त्यसैगरी हिमानी ट्रेडर्स राजविराज-७ मा रहेकाे कामाख्या डिलरका २९ वटा सिलिण्डरमा कम ताैल पाईएकाेले सिल गरेकाे।
पछिल्लाे समय सप्तरी जिल्लाका विभिन्न खाद्यान्न पसलहरु र अन्यमा पनि अनुगमन कार्यलाइ लाई तिव्रता दिइरहेकाे।
जसकाे कारण उपभाेक्ताकाे हक अधिकार सुनिस्चित गर्न प्रशासनिक निकाय तल्लिन रहेकाे देखिन्छ।