२९ पौष २०८१, सोमबार
wait Please...

अनवर अलि

आइतबार, चैत्र २५, २०८०

राजबिराज सप्तरी- ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान पर्वको अवसर पारेर चलाएको महा अभियान अन्तरगत सप्तरी जिल्लाका अति विपन्न गरिब ,विधवा असहायहरुको नाम संकलन गरि सप्तरी जिल्ला भरिमा अहिले सम्म ७२ घरधुरीलाई राहत वितरण गरेको छ ।

नेपाल मुस्लिम समाज सेवा द्वारा चलाएको रमजान दान अभियान सप्तरी जील्ला अन्तर्गत पहिलो चरणको राहत वितरण कार्यक्रम सप्तरीको सदरमुकाम राजबिराजको इक्रा मदरसा रहमतपुरमा गरेका थिए भने दोस्रो चरणको राहत वितरण कार्यक्रम बोदे बर्साईनको वडा न २ को रहमतनगर गौरा मदरसामा राहत वितरण गरेका थिए।तेस्रो चरणको राहत कार्यक्रम मदरसा जामिया इस्लामिया जियाउल उलुम छिन्न्मस्ता -३ गोबिन्द्पुरमा वितरण गरिरियो । यसमा छिन्नमस्ता ,राजगढ ,तिलाठी कोईलाडि र बिष्णुपुर गाउपालिका लगायतको अति विपन्न व्यती लाई राहत वितरण गरेको छ ।

यो राहत कार्यक्रमको लागि देश बिदेशमा बस्ने युवाहरू द्वारा केही रकम सहयोग गरेका थिए यस संस्थालाई उत्त पैसा बाट राहत सामग्री खरिद गरिएको थियो ।

यो राहत सामग्री प्रत्येक घरधुरीलाई चामल १५ के जि , पिठो २ के जि , खाने तेल २ लिटर , नुन २ के जि ,चना २ के जि, मसुर दाल २ के जि ,म्सयौरा १ के जि र भुजा ३ के जि हाल सम्म ७२ घर धुरिलाई राहत वितरण गरेको थियो थप यस्त चरणमा नगद रु १००० पनि प्रदान गरिएको छ । यस संस्थाका कोषाअध्यक्ष मो. नौसादले जानकारी गराए ।

यो कार्यक्रम सफ़ल पार्न सहयोग गर्नु हुने र पुनः सहयोग गर्ने आशा संगै धन्यवाद ज्ञापन यस संस्थाका अध्यक्ष मो. अबुलले व्यत गरेका थिए ।

यो कार्यक्रममा यस संस्थाका सदस्यहरु मो. अबुल , अनवर अलि , मो. नौसाद ,मो. जकाउल्लाह , मो. तबरेज,मो. समरुदिन लगायत विभिन्न समाजसेविहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]