०५ जेठ २०८१, शनिबार
wait Please...

अनवर अलि

शुक्रबार, चैत्र ०९, २०८०

राजबिराज सप्तरी – ईस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान पर्वको अवसर पारेर  चलाएको महा अभियान अन्तरगत सप्तरी जिल्लाका अति विपन्न गरिब ,विधवा असहायहरुको नाम संकलन गरि पचिस घरधुरीलाई राहत वितरण गरेको छ ।

नेपाल मुस्लिम समाज सेवा द्वारा चलाएको रमजान दान अभियान सप्तरी जील्ला अन्तर्गत पहिलो चरण राहत वितरण कार्यक्रम सप्तरीको सदरमुकाम राजबिराजको इक्रा मदरसा रहमतपुरमा राहत वितरण गरेको थियो ।

यो राहत कार्यक्रमको लागि देश बिदेशमा बस्ने युवाहरू द्वारा केही रकम सहयोग गरिएको थियो संस्थालाई  उत्त पैसा बाट राहत सामग्री खरिद गरिएको थियो ।

यो राहत सामग्री प्रत्येक घरधुरीलाई चामल १५ के जि , पिठो २ के जि , खाने तेल २ लिटर , नुन २ के जि ,चना २ के जि, मसुर दाल २ के जि ,म्सयौरा १ के जि र भुजा ३ के जि पचिस घर धुरिलाई राहत वितरण गरेको थियो र पुन्न अर्को चरणको राहत पनि छिटै वितरण गर्ने यस संस्थाका सचीव मो नौसादले जानकारी गराए ।

यो कार्यक्रम सफ़ल पार्न सहयोग गर्नु हुने र पुनः सहयोग गर्ने आशा संगै धन्यवाद ज्ञापन यस संस्थाका उपाध्यक्ष मो अफरोजले व्यत गरेका थियो ।

यो कार्यक्रममा यस संस्थाका सदस्यहरु मो अफरोज, मो नौसाद ,मो लुकमान ,मो जकाउल्लाह ,मो तबरेज , मो जियाउल , शेरु खान ,मो फिरोज लगायत  विभिन्न समाजसेविहरुको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]