राजविराज -सप्तरीमा माटोको ढिस्काे खस्दा एक व्यक्तिको ज्यान गएको छ ।
जिल्लाकाे अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ४ बनाैली बस्ने पर्शुराम यादवको यसरी मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको नदीको किनारमा पुजा गर्नको लागि माटो खन्ने क्रममा उनी माटोको ढिस्काले पुरी घाईते भएका थिए । उनलाई उपचारका लागि ल्याएपनि सोही क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।