धनुषा -धनुषामा तीन जना चढेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगर १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनको थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल ल्याइएको छ ।
आज बिहान करिब ३ बजे प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीस्थित पुल नजिकै दुर्घटना भएको थियो ।