२० आश्विन २०८१, आइतबार
wait Please...

अनवर अलि

बिहिबार, मंसिर २८, २०८०

काठमाण्डु,– उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न आदेश  दिएको छ ।

न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले दिएको जानकारी अनुसार खाँणसँग ३० लाख धरौटी माग गरिएको छ ।

यसअघि गत १५ मंसिरमा उच्च अदालतका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि तेश्रो न्यायाधीशको इजलासमा बिहीबार सुनुवाई भएको हो । पाण्डेय धरौटीमा रिहा गर्नुपर्ने पक्षमा र खरेल थुनामै राद्यनुपर्ने पक्षमा उभिएका थिए ।

न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका छन् । संगठित अपराध मुद्धामा खाँणसहित २० जनाविरुद्ध गत १० जेठमा काठमाण्डु जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्धामा खरेल र पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित तत्कालीन हज समितिका अध्यक्ष शमशेर मियाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसी, एमाले नेता टोप बहादुर रायमाझीका छोरा सन्दीप, हरिभक्त महर्जन र रामशरण केसीलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

यस्तै लक्ष्मी महर्जन, टंक गुरूङ, केशव तुलाधर र आशिष बुढाथोकी अदालतको आदेशमा साधारण तारेखमा रिहा भएका थिए । १५ लाख धरौटी रकम बुझाउन नसकेपछि नेता रिजाल भने थुनामै छन् ।

उच्चले एमाले सचिव रायमाझी, आङटावा शेर्पा, पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्द चौधरी, सन्देश शर्मा आचार्य र आङटावा शेर्पालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]