राजबिराज – सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै १० हजार हस्ताक्षरसहित मंगलबार विशाल प्रदर्शन गरिएको छ ।
सप्तरी युथ नेपालको अगुवाईमा राजविराज नगरपालिकामा गरिएको प्रदर्शनमा यहाँका जनप्रतिनिधी, विद्यार्थी र युवाले स्वतस्फूर्त सहभागिता जनाएका छन् ।प्रदर्शन पछीको कोणसभालाई सम्बोधन राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परबिन, राजविराज नगरपालिकाका प्रबक्ता समेत रहेका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल, वडा नम्बर २ का अध्यक्ष अरुण यादव, वडा नम्बर ७ का अध्यक्ष सुभाष यादव, जसपाका युवा नेता नवनीत झा, मविव क्याम्पसका स्वबियू सभापति रंजित यादव, सप्तरी युृथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादव,सप्तरी युथ नपालको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादव ले गर्नु भएको थियो भने कोणसभाको संचालन अनिल यादवले गरेका थिए ।
मंगलबारको प्रदर्शनमा मिसन कलेज, युनिभर्सल, पाराडाइज, छिन्नमस्ता, उदयपुर टेक्निकल, न्यू सरस्वती एजुकेसनल एकेडेमी, पिसजनका विद्यार्थीले स्वतस्फूर्त रुपमा सहभागिता जनाएका छन् ।