सप्तरी – क्यानाडाले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाउन स्वीकृति दिएको छ ।
क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोप १६ वर्षभन्दा माथिका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ ।अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले फाइजर खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारेको अनुसन्धानपछि खोप लगाउन सुरक्षित देखिएकाले अनुमति दिएको जनाएको छ ।अब अर्को साताबाट क्यानाडामा सो खोप लगाइने भएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्को हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिएका छन् ।क्यानाडाका १४ वटा वितरक कम्पनीलाई खोप वितरणको जिम्मा दिइएको उनले बताए ।
कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउन थालिसकेको छ ।