२२ आश्विन २०८१, मंगलबार
wait Please...

अनवर अलि

बुधबार, मंसिर २०, २०८०

विराटनगर- विराटनगरमा आज  भएको आगलागीमा परेर गम्भीर घाइते चार जनालाई उपचारका लागि काठमाडौं लगिएको छ।

विराटनगरको सातघुम्तीमा रहेको  कवाडी गोदाममा भएको आगलागीका घाइतेमध्ये एक जनाको अस्पतालमा र अर्का एकको घटनास्थलमै मृत्यु भएको थियो।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।

घाइते चारै जनालाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डिएसपी  रञ्जन दाहालले जानकारी दिए।

घाइतेहरूलाई काठमाडौं लैजान जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो। गृहले नेपाली सेनाको स्काई ट्रक पठाएपछि उनीहरूलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो।

आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन्। प्रहरीका अनुसार रीता र सुशीलाको अवस्था गम्भीर छ।

कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो। गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरू सहजै भाग्न नपाएको प्रहरीको भनाइ छ।

उक्त  गोदाम विराटनगर ६ का  दीपक मण्डलको हो। घटनामा घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको हो।

आगलागीमा परी अर्का एक जनाको गोदाममै मृत्यु भएको छ। आगो नियन्त्रणमा लिएपछि प्रहरीले शव फेला पारेको थियो। ती मृतकको  सनाखत हुन सकेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]