०९ फाल्गुण २०८०, बुधबार
wait Please...

अनवर अलि

आइतबार, मंसिर १०, २०८०

पोखरा – पाेखरामा चलिरहेकाे केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पुलिसले मधेसलाई ५७ रनले हरायाे ।

पुलिसले दिएकाे १ सय ७६ रनकाे लक्ष्य पछ्याएकाे मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयाे । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । यस्तै इमरान शेखले २२ रन जाेडे । बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राजवंशीले समान २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ राेजेकाे पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायाे । पुलिसका कुशल भुर्तेलले शतक बनाए । उनी ५७ बलमा ७ छक्का र ८ चाैकाकाे मद्दतमा १ सय २ रन बनाएर आउट भए । कुशल याे प्रतियाेगितामा शतक बनाउने खेलाडी बनेका छन् । बलिङतर्फ मधेसका विशाल पटेल र विशाल शुस्लिङले समान २ विकेट लिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]