२२ आश्विन २०८१, मंगलबार
wait Please...

अनवर अलि

आइतबार, मंसिर ०३, २०८०

हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार खेलिएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जापानले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर पूजा महतोले ४३ रनको योगदान गरिन् । उनले ५१ बलमा सामना गरी तीन चौका पनि हिर्काइन् । रोमा थापाले पनि टोलीको खातामा २२ रन थपिन् । रन आउट भई पेभेलियन फर्किनुअघि उनले १९ बलमा तीन चौका प्रहार गरिन् । पूर्वकप्तान रुबिना क्षेत्रीले पनि टोलीका लागि २१ रनको योगदान गरिन् । जवाफी ब्याटिङ गरेको जापानका लागि ओपनर अकारी निसिमुराले सर्वाधिक २९ रन बनाइन् । उनले ५१ बलमा दुई चौका प्रहार गरिन् । अर्की ओपनर हिनासे गोतोले पनि १६ रन जोडिन् । उनले ३४ बलमा एक चौका प्रहार गरिन् । दुबै ओपनरले टोलीका लागि ३७ रनको साझेदारी गरेका थिए । अहिल्या चन्डेलले ११ रन जोडिन् । जापानका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर संगिता राई इन्दू बर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक—एक विकेट लिए । चार राष्ट्र सम्मिलित शृङ्खलाको फाइनल खेल आइतबार दिउँसो आयोजक हङ्कङ र जान्जनियाबिच खेलिने छ । नेपाली टोली लिग चरणको आफ्नो पहिलो खेलमा तान्जनियासँग २७ रनले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]