२१ आश्विन २०८१, सोमबार
wait Please...

अनवर अलि

बिहिबार, कार्तिक १६, २०८०

 

नेपाल र ओमान समुह ए बाट सेमिफाइनलमा पुगिसकेकाले यो खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ । नेपालको प्रयास ओमानलाई पराजित गरेर समुह विजेता हुदै सेमिफाइनल खेल्ने हुने कप्तान रोहित पौडेलले बताएका छन् ।

 

विश्वकप छनौटमा नेपाल र ओमानले सिंगापुर र मलेसियालाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । समुह ए बाट सिंगापुर र ओमान सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । यद्यपी दुवैबीच आज १:१५ बजेदेखि टियु मैदानमै खेल हुदै छ ।

 

नेपाल र ओमानबीच अहिलेसम्म ४ टी- २० खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले एक खेल जितेको छ ।

 

त्यस्तै आज समुह बी का समुह चरणका अन्तिम खेल पनि हुदै । जसमा युएईले हङकङको सामना गर्दै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि हुदै छ । त्यस्तै बहराइनले कुवेतको सामना गर्दै छ । यो खेल अपराहन्न १: १५ बजेदेखि मुलपानी मैदानमै हुने छ ।

 

समुह बि मा सेमिफाइनलको दौडमा युएई, बहराइन र हङकङ रहेका छन् भने कुवेत सेमिफाइनलको दौडबाट बाहिरिएको छ । युएईले आफ्ना दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने बहराइन र हङकङले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गरेका छन् ।

 

नेपालको सम्भावित प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, ललित राजबंशी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]