
इतिहास रच्दै अछामकी अम्बिका चलाउने सुदूरपश्चिम प्रदेशको पहिलो महिला मेयर बनेकि छिन् । अछामको पञ्चदेवल बिनायक नगरपालिका मेयरमा निकतटम प्रतिद्वन्द्वीलाई चार सय ८१ मतान्तरले पराजित गर्दैै काँग्रेसकि अम्बिकाले प्रदेशको पहिलो मेयर बन्ने गौरव प्राप्त गरिन् ।
शुक्रबार बिहानसम्म घोषणा भएका २४ नगरपालिकामध्ये मेयर पदमा विजयी हुने उनी पहिलो महिला हुन् । उनी निवर्तमान उपमेयर पनि हुन् ।
अम्बिकाले तीन हजार ६५३ मत पाउँदा उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामबहादुर विकले तीन हजार १७२ मत प्राप्त गरे । तेस्रो नम्बरमा रहेका एमालेका नन्दबहादुर कडायतले दुई हजार ६९७ मत पाए ।
उपमेयरमा पनि काँग्रेसका हर्कबहादुर रावल विजयी भएका छन् । उनले चार हजार १४८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रीता रावलले दुई हजार ६१८ मत प्राप्त गरिन् । एमालेका राजु सञ्ज्यालले एक हजार दुई मत पाउँदा एकिकृत समाजवादीका कृषा जैशी न्यौपानेले आठ सय ७८ मत पाइन् । अम्बिका काँग्रेस सुदूरपश्चिम प्रदेशका निर्वाचित सहमहामन्त्री पनि हुन् ।