११ आषाढ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

सर्लाही — सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादीका रमेश बुढाथोकी विजयी भएका छन् । उपमेयरमा भने एमालेकी हरीमाया घलान निर्वाचित भइन् । स्थानीय तहको निर्वाचन २०७९ मा हरिवन नगरपालिकाको मेयर पदका लागि माओवादीका उम्मेदवार बुढाथोकीले ७ हजार २ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशप्रसाद प्रसाईंले ६ हजार ८ सय ४९ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवार घलान ६ हजार ८ सय ५५ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी पदमा मुक्तानले ५ हजार ३ सय २१ मत प्राप्त गरिन् । हरिवनमा पालिका प्रमुखको मतगणना अन्तिम समयसम्म निकै प्रतिस्पर्धा देखियो । पालिकाभर माओवादीले एक वडासदस्य समेत जित्न नसके पनि बुढाथोकीले बाजी मारे । बुढाथोकी यसअघिको स्थानीय तहको चुनावमा एमालेका प्रसाईंसँग पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]