
काठमाडौं – सर्लाहीको लालबन्दी नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले नगरपालिका जितेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नगरपालिका प्रमुखमा कांग्रेसका बासुदेव अधिकारी विजयी भए । उनले ९ हजार ५६१ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्धी एमालेका गोविन्द महतले ७ हजार ८८३ मत प्राप्त गरेका छन् । यस्तै माओवादी उमेदवार प्रल्हाद बुढाथोकी ६ हजार १७५ मत प्राप्त गरे ।
उपप्रमुखतर्फ पनि कांग्रेस नै विजयी भयो । कांग्रेस उमेदवार कल्पना पाख्रिनले ८ हजार ८५० मत प्राप्त गरिन् । यस्तै एमालेबाट सनसरीमाया थिङले ८ हजार १५९ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का गोविन्द अधिकारीले ३ हजार ६४१ मत प्राप्त गरे ।