२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

पूर्वी नवलपरासी — कावासोती नगरपालिका १२ मा दलीय प्रतिनिधि र निर्वाचनका कर्मचारीले टिपेको मतसंख्या फरक परेको विषयमा विवाद बढ्दै गएपछि मतगणना रोकिएको छ ।

मंगलबार राति ११ बजे रोकिएको गणना अझै सुरु हुन सकेको छैन । मतगणना सकिएर त्यहाँ दलका प्रतिनिधिले टिपेको मतसंख्या र निर्वाचन कार्यालयका कर्मचारीले टिपेको मतसंख्यामा ५७ मत फरक परेको हो । दलका प्रतिनिधिले विरोध गर्दागर्दै निर्वाचनका प्रतिनिधिले उम्मेदवार विजयी भएको घोषणा गरेको कांग्रेस कार्यकर्ताले आरोप लगाए ।

निर्वाचन कार्यालयले भने मतगणनामा कुनै गडबड नभएका कारण एमालेका उम्मेदवार विजयी भएको घोषणा गरिएको जानकारी दियो । दलकै प्रतिनिधिको रोहबरमा गणना भइरहेको छ । ‘त्यहाँ गडबढ हुनै सक्दैन‚’ निर्वाचन अधिकृतले भने‚ ‘दलका कमजोरी लुकाउन कर्मचारीलाई दोष दिनु हुँदैन ।’

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दलहरूमा छलफल गराएर पुनः सुरु गरिने प्रयास भइरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]