२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०३, २०७९

रोल्पा – रोल्पामा दुई गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार जनक पुन निर्वाचित भएका हुन् ।

जनकले नेकपा माओवादीका उम्मेदवार गोबिन्द पुन भन्दा ६८३ मत बढी ल्याएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी सरिता केसी विजयी भएकी छन् ।

रोल्पाकै गङगादेब गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार हरि पुन अध्यक्षमा र अमृता केसी उपाध्यक्षमा निर्वाचित भएका छन् । हरिले एमालेका उम्मेदवार रोशन कुमार वलिभन्दा ४९ मत बढी ल्याएका छन् ।

हालसम्म कांग्रेसले रोल्पामा २ पालिका अध्यक्ष र उपाध्यक्षसहित १४ वटा वडामा जित हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले एक नगरपालिका प्रमुखसहित ६ वटा स्थानीय तह प्रमुख–उपप्रमुख र ४६ वटा वडामा जित हासिल गरेको छ ।

नेकपा एमालेले ७ वटा वडामा जित हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादीले एक वटा वडामा र स्वतन्त्र उम्मेदवारले एक वटा वडामा जित हासिल गरेको छ ।

२ पालिका र केही वडाको मत परिणाम आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]